२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बलात्कारीलाई फाँसी माग्दै विद्यार्थी सडकमा



दाङ ।

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भारगरथी भट्टको न्यायको लागि विद्यार्थीहरु सडकमा आएका छन्। दाङ लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले भागरथी भट्टको न्यायको लागि आवाज उठाएका छन्।
उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ नारालाई चर्को रुपमा उठाएका छन् । क्याम्पसबाट सुरु भएको र्‍यालीले लमही बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।

‘यो न्यायको लागि आन्दोलन हो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधीको पहिचान अझै किन हुन सकेनरु’ विद्यार्थी भरत भुसालले प्रश्न गर्दै भने–‘न्यायको लागि हामिले आवाज उठाएका छौँ।’ बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भट्टको शव भेटिएको थियो । घटना थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर, अहिले घटनामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  १ : ३६ बजे