९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

२ नाबालक बहिनी जबरजस्ती करणी उद्योगमा दाजुविरुद्ध उजुरी



नेपालगन्ज ।
बाँकेको बैजनाथ गाउँपालिकामा २ जना बहिनीलाई जबरजस्ती गरेको आरोपमा एक जना दाजुविरुद्ध उजुरी परेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँटका इन्चार्ज शुभराज बमका अनुसार २१ मंसिरमा १० र १२ बालिकालाई जबरजस्ती करणी उद्योगको जाहेरी परेको बताए । ‘अभियुक्त भागेर भारत गएको छ भन्ने खबर पाएका छौं। प्रहरीले खोजी कार्य जारी राखेको छ’, उनले भने। उनले गत ७ कार्तिकमा जबरजस्ती करणीको प्रयास गरेको प्रहरी जाहेरीमा उल्लेख छ। दुबै बालिका अभियुक्तकी बहिनी (ठूलो बाबुकी छोरी) हुन् ।
‘हामी नभएको बेलामा घरमा आउँदो रहेछ। धम्काएर लुगा खोल्दै गोप्य अंग खेलाउने र बिहेअघि नै सबै कुरा सिकाउँछु भन्ने रहेछ’, पीडित बालिकाका बुबाले भतिजोले पटक–पटक आफ्नी छोरीमाथि बलात्कार प्रयास गरेको बताउँदै भने, ‘जेठी छोरीसँग त्यस्तो व्यवहार भएको छोराले देखेर हामीलाई भन्यो। छोरीसँग बुझ्दा कान्छी छोरीसँग त्यस्तै क्रियाकलाप पटक–पटक गरेको थाहा पाएपछि उजुरी गरेका हौं।’
उजुरीपछि अभियुक्त फरार छ। इप्रका कोहलपुरले फरार अभियुक्तको खोजी जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७ बुधबार ००:००  ६ : ४६ बजे