२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रधानमन्त्री ओली संसदबाट भागेका भगौडा हुनः गगन थापा



नवलपरासी ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट भागेको भगौडा भएको आरोप लगाएका छन्। पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।

ओलीले सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ भन्दै थापाले संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए। थापाले प्रधानमन्त्री ओली कायर भएपछि राष्ट्रपती बिधादेवी भण्डारीलाई लगेर संसदको चापी बुझाएको जीकिर गरे। प्रधानमन्त्रीले चुनाव हुन्छ भनेर खोक्दै हिडेपनि आफूनै चुनाब नगराउनेमा ढुक्क भएको बताए। ओलीले नेकपा एमाले नामको पार्टी दर्ता गराएको ठोकुवा गर्दै थापाले थापाले अदालततर्फ संकेत गर्दै केपी ओलीको सेटिङलाई भत्काइदिएर आम नेपाली जनताको पक्षमा फैसला गरिदिन आग्रह गरे। ‘अहिले एकतर्फ केपी ओली र अर्कोतर्फ सिङ्गो देश छ’ थापाले भने,‘ओलीले हार्दा केहि फरक पर्दैन तर, देशले हार्न हुँदैन।’

अहिलेको लडाई चुनावमा जाने वा नजाने नभएर संविधान जोगाउनेकी अहिले सम्म जनाताको बलले प्राप्त गरेको सबै उपलब्धी गुमाउने भन्ने भएकोले नेपाली कांग्रेस संविधान रक्षाको पक्षमा रहेको स्पस्टपारे। ओली भक्तहरुले अहिलेको जनमत ओलीको लागि भएको भनेर भजन गाउने गरेको भन्दै थापाले अहिलेको ब्यबस्था अनुसार ओली झापाबाट निर्वाचित भएको एक सांसद मात्र भएको बताए। उनको हैसियत र अरु जोकोहि सांसदको भूमिका बराबर रहेको भन्दै थापाले जनताले ओलीलाई नभइ सिङ्गो नेकपालाई बहुमत दिएको बताए।

सरकारले सामाजिक सन्जाल नियमनको नाममा ल्याउन लागेको अध्यादेश मार्फत आम नागरिकको अभिब्यक्ती स्वतन्त्रतामाथि अंकुश लगाउन लागेको थापाको भनाइ थियो। ओली राम जन्मभूमी नेपालमै हो भनेर भगवान श्रीरामलाई नागरिकता दिन तम्सिएको भन्दै आजको आवश्यकता रामको नगरिकता भन्दा सुस्ताबासिलाई नागरिकता दिनु रहेको बताए। होली वाइन खाएको मुखले रामको नाम उच्चारण गर्दा राम नाम नै अपवित्र भएको उनले भनाइ थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०७७ शनिबार ००:००  ६ : ५४ बजे