नेकपा कपिलवस्तुद्धारा स्वर्गीय खनालको निधनमा शोकसभा


मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले शिवराज नगरपालिकाको खरेन्द्रपुरमा आइतबार शोक सभा गरेको छ ।

भूमिगतकालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई घरमा संरक्षण गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी टीकादेवी खनालको ११ औं दिनको पुन्य तिथिको अवसर पारेर नेकपा कपिलवस्तुले घरमै शोक सभा गरेको हो ।

शोक सभामा नेकपा स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’, प्रदेश कमिटी सचिवालय सदस्य बालकराम बुढा, प्रदेश कमिटी सचिवालय सदस्य रुद्रलाल बञ्जाडे, जिल्ला अध्यक्ष विष्णु पन्थी, जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’, प्रेस संगठन नेपालका लुम्बिनी प्रदेश इन्चार्ज विकास बञ्जाडे, नेकपा जिल्ला सचिवालय सदस्य अर्जुन सापकोटा, लंक हमाल, महिला नेतृ सन्तोषी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

नेकपा शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुनको अध्यक्षता र नेता सरोज पौडेलको सञ्चालमा सम्पन्न शोक सभामा बोल्दै नेताहरुले बामपन्थी आन्दोलनमा खनाल परिवारले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

पञ्चायतकालको भूमिगत क्रियाकलापमा स्वर्गीय टीकादेवी खनालले नेता तथा कार्यकर्तालाई घरमा खाना पकाएर खुवाउने लगायत उर्जाशील बनाउन प्रेरणा खेलेको नेताहरुले स्मरण गर्नुभएको थियो ।

स्वर्गीय खनालका दुई भाई छोरा मध्ये एक भाई थानेश्वर खनाल नेकपा कपिलवस्तुका जिल्ला सल्लाहकार परिषद सदस्य हुनुहुन्छ भने खिमानन्द खनाल र बसन्ती खनालले समाजसेवा गर्दै आउनुभएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस