८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रमअघि स्थानीयको नाराबाजी



बुटवल ।

मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रमअघि स्थानीयले अवरोध गरेका छन्। शुक्रबार बुटवल र तिलोत्तमास्थित तिनाउ नदीको उकास क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयको स्थानीयले विरोध गरेका हुन्। वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै स्थानीयले नाराबाजी गरिरहेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। तर अहिलेसम्म उनी आइपुगेका छैनन्। सुकुम्बासी क्षेत्रमा आफूहरूलाई विस्थापित गर्न लागिएको भन्दै स्थानीयले नाराबाजी र धर्ना दिइरहेका छन्। उनीहरूले विष्णु पौडेल र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका अध्यक्ष नन्दकिशोर बस्नेतविरूद्ध नाराबाजी गरिरहेका छन्। बिहीबार शिलान्यासको लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका थिए। उक्त स्थानमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  १ : ०१ बजे