६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रुपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरेः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको मोतीपुरमा विकास विरोधीले ढुंगामुढा गरेको आरोप लगाएका छन् । औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा अवरोध पु¥याउन खोज्नेहरू विकास विरोधी भएको उनले बताए ।
नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही विकास विरोधी तत्वहरूले त्यहाँ वितण्डा मच्चाउने, ढुंगामुढा गर्ने, कार्यक्रम विथोल्ने, औद्योगिक क्षेत्र बन्न नदिने प्रयास गरे, रुपन्देहीमा तर विकासका कामहरू अघि बढीरहेका छन् ।’ विवादकै कारण शिलन्यास एक हप्ता ढिलो भएको प्रधानमन्त्रीले बताए ।
स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलन्यास गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  ५ : ३६ बजे