काठमाण्डौँ ।
झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्च अदालतमा निर्णय सुनाउँदै छ।
नेकपा आफ्नो पार्टीको नाम भएकोले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिटमा न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अघिल्लो हप्ता बहस सकेपछि निर्णय सुनाउने दिन तोकेको थियो।
उक्त इजलासले आज निर्णय सुनाउने सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ। यो इजलासमा आज दुई वटा पेशी सूची तोकिएका छन्। पहिलोमा ११ वटा मुद्दा छन् भने दोस्रो पेशी सूचीमा नेकपाको मुद्दामात्रै तोकिएको छ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए।
दष्मज बिद दयह बम छ
आयोगले उनको निवेदनमाथि निर्णय गर्दा पनि नयाँ दलको नाम पनि कोष्टकमा नेकपा लेखेर मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।
यसअघि यो मुद्दामा १० पटक पेशी तोकिएको थियो। पहिलोपटक कारण देखाऊ आदेश भएपछि संयुक्त इजलासमा पुगेको यो रिटको सुनुवाइ २ पटक कट्टेल पक्षले, २ पटक विपक्षी, १ पटक महान्यायाधीवक्ता कार्यालयले स्थगित गरेका छन्। एकपटक अन्य आदेश भएको छ भने २ पटक सर्वोच्च अदालतले हेर्न नभ्याएर पेशी सरेको छ।
नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो।







प्रतिक्रिया