काठमाडौं ।
महाकाली नदीको बाढीले आज बिहान कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्काएको छ। नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पुलको दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति देखिएको हो।
करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ। महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो। यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ।
दोधारा चाँदनी नगरपालिका–४ स्थितमा महाकाली नदिमा रहेको झोलुङ्गे पुलको दोधारा तर्फको ५–६ मिटर बिचको भाग माथी उठेर बिहान आवतजावतमा समस्या भएको थियो। लगत्तै पुलको पिल्लर समेत भत्किएर पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल चुँडिएपछि आवातजावत ठप्प भएको छ।
यो झोलुङे दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुल हो। हाल महाकालीमा पक्की पुल पनि निर्माण भएको छ। विगतको तुलनामा झोलुङे पुल भन्दा पक्की भएर नै आवतजावत गर्ने गरिएको छ। वर्षौँअघि निर्माण भएको झोलुङे पुल जीर्ण बन्दै गएको थियो।










प्रतिक्रिया