काठमाण्डौँ ।
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का हिमपातको सम्भावना छ ।
नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले हाल पहाडी भू(भागमा बदली रहेको उल्लेख गरेको छ ।महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बाग्मती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
मंगलबार गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।त्यस्तै बुधबार पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।







प्रतिक्रिया