१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

किशोरी जबरजस्ती करणी प्रयास गरेर मरणासन्न हुने गरी कुटपिट गर्ने पक्राउ



नेपालगञ्ज ।

नेपालगञ्जकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेर मरणासन्न हुने गरी कुटपिट गरेर फरार रहेको आरोपमा नेपालगञ्जका युवक जुनेद हल्वाईलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।
माघ १६ गते स्कूलबाट फर्किरहेकी किशोरीलाई हल्वाईले डर धम्की देखाइ स्थानीय एक होटलमा कोठामा लगेर जबरजस्ती करणी प्रयास गरेका थिए। किशोरीले प्रतिकार गरेपछि युवकले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। प्रहरीका अनुसार किशोरीको मृत्यु भएको ठानेर युवक होटलबाट भागेका थिए।

नेपालगञ्जबाट भागेर भारतमा पुगेका हल्वाईलाई बाँके प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर ल्याएको एसपी ओमबहादुर रानाले जानकारी दिए।
फरार रहेका हल्वाईलाई पक्राउ गर्नका लागि नेपालगञ्जमा स्थानीयले चर्को दबाब दिएका थिए। लामो समयसम्म स्थानीय त्रिभुवनचोकमा बसेर निरन्तर दबाब दिने काम भइरहेको थियो।
बाँके प्रहरीले हल्वाईको खोजबिनका लागि टोली नै परिचालन गरेको थियो। बाँके प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७७ बिहिबार ००:००  ६ : ५२ बजे