७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपालसहित चार नेतालाई तीन दिनभित्र जबाफ दिन निर्देशनसहित स्पष्टीकरण



काठमाडौँ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छन्। पोखरेलले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई सोमबार स्पष्टीकरण पत्र पठाएका हुन्। चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी हित विपरीत काम गरेको आरोपसहित उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुले तीन दिनभित्र स्पष्टीकरण पत्रको जबाफ दिनुपर्ने छ।
गत फागुन २८ गते ओलीले आफू पक्षीय पदाधिकारीको जिम्मेवारी हेरफेर, परिवर्तन र केन्द्रीय कमिटी विस्तार लगायत गरेका निर्णय फिर्ता हुनुपर्ने मागसहित नेपाल पक्षले ललितपुरको होटल हेरिटेजमा चैत्र ४ र ५ गते दुई दिने राष्ट्रिय भेला गरेको थियो।
त्यो भेला नगर्न पार्टी अध्यक्ष ओलीले मौखिक र महासचिव पोखरेलले लिखित निर्देशन दिएका थिए।

स्पष्टीकरण पत्रमा समानान्तर कमिटी गठन गरी पार्टी फुटाउन लागेको, प्रचण्डले नै एमाले पार्टी फुटाउन नेपाललाई लगाएको जस्ता अभिव्यक्तिबारे सत्यता के हो भन्ने जस्ता प्रश्नहरु सोधिएको एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।
उनले निर्धारित समयमा स्पष्टीकरणको जबाफ नआएमा विधानअनुसार कारवाही प्रक्रिया अघि बढ्ने जानकरीसमेत गराए। नेपाल पक्षले भने स्पष्टीकरणको जबाफ नदिने अडान कायमै राखेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ४ : ०४ बजे