८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना त्रासः अर्घाखाँचीमा भिडभाड र जुलुस गर्न रोक



बिष्णु कुमार आले, अर्घाखाँची ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै अर्घाखाँचीमा पनि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो ।

यसैगरी मास्क अनिवार्य रुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने र सबै यात्रुले मास्क लगाउन अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

बैठकले छिमेकी मुलुकबाट जिल्ला भित्रिएका र संक्रमितहरुको परिक्षणका लागि आवश्यक एन्टिजेन किट लुम्बिनी प्रदेश सामाजिक विकाश मन्त्रालय स्वास्थ्य निर्देशनालयसँग माग गर्ने, नजिकिदै गरेको होली पर्व भिडभाड नहुँने गरी आफ्नै घर परिवारसँग मिलेर मनाउँन अनुरोध गरेको छ ।

बैठकमा नेपाली सेनाका सेनानी लेखनाथ कटुवाल, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, निमित्त जिल्ला समन्वय अधिकृत सृजना भुसाल, अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, मेडिकल असिष्टेन्ट डा. कपिल गौतम, जनस्वास्थ कार्यालय प्रमुख पुस्पा थापा, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, खोप अधिकृत राम प्रसाद गौतम स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिजय बिक लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  ६ : २० बजे