८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एक महिनादेखि बेपत्ता महोत्तरीका झा दम्पती मृत अवस्थामा फेला



जनकपुरधाम ।
एक महिनादेखि बेपत्ता महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका झा दम्पतीको शव फेला परेको छ। प्रहरीले बिहीबार महोत्तरीको पिपरामै उनीहरुलाई मृत अवस्थामा फेला पारेको हो।
पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीय श्रीमती गीतादेवी फागुन १० गते राति घरमा सुतिरहेको स्थानबाटै बेपत्ता भएका थिए।
शव सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। मुसाफिर झाले लगाएको टिसर्टबाट पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ। परिवारको सनाखतअनुसार मृत भेटिएका महिला–पुरुष झा दम्पती भएको खुलेको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए।
उनले भने, ‘झाले लगाउने कपडा जुन थियो, उहाँले लगाउने टिसर्ट त्यही नै हो। बाँकी चिज फरेन्सिक रिपोर्टले हामीलाई डिटेलमा आउँछ होला। सडिगलिसकेको अवस्थामा शव देखिएको छ।’

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  ६ : ०२ बजे