२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भोलिदेखि कपिलवस्तुसहितका ११ जिल्लामा हात्तीपाइले रोगविरूद्ध औषधि खुवाइँदै



काठमाण्डौँ ।

हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ।मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ। चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो।घर नजिकैको बुथमा गएर स्वास्थ्यकर्मीहरूबाट हात्तीपाइलेको औषधि लिनुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने महाशाखाको भनाइ छ।

प्रकाशित मिति : १९ चैत्र २०७७ बिहिबार ००:००  ८ : ५२ बजे