१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माधव समूहले गण्डकी प्रदेशका ९ जिल्लामा छुट्टै कमिटी बनायो (नामावलीसहित)



काठमाडौं ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्ट माधवकुमार नेपाल पक्षले गण्डकी प्रदेशमा प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै कमिटी बनाएको छ ।

गण्डकी प्रदेश सचिवालय कमिटीसँगै नेपाल पक्षले प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा अलग्गै अध्यक्ष, सचिव र इन्चार्ज तोकेको हो । मनाङ र मुस्ताङमा भने कमिटी गठन हुन सकेका छैन ।

गण्डकी प्रदेशका इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय गठन गरेको हो ।

कास्कीमा धनराज आचार्यको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जसमा सचिव होम नेपाली चयन भएका छन् । यस्तै सीता गिरीलाई सहइन्चार्ज बनाइएको छ ।

स्याङ्जामा कास्कीका चूडामणि जंगलीलाई इन्चार्ज तोकिएको छ भने रामचन्द्र भट्टराईलाई अध्यक्ष ताथ भुपराज अधिकारीलाई सचिव बनाइएको छ ।

यस्तै म्याग्दीमा श्रीमाया थकाली इन्चार्ज र बालकृष्ण सुवेदीलाई अध्यक्ष तोकिएको छ भने बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लबहादुर थापालाई सचिवको जिम्मेवारी दिइएको छ ।

पर्वतमा मोती पौडेल इन्चार्ज, भक्त कुँवर अध्यक्ष र पदमपाणि शर्मा सचिव चयन भएका छन् । तनहुँमा प्रतापलाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने अध्यक्ष शंकनारायण श्रेष्ठ र सचिव श्रीराम कार्की चयन भएका छन् ।

गोरखामा यादव बस्नेतलाई अध्यक्ष र सानुमाया बस्नेतलाई सचिवको जिम्मेवारी दिइएको छ ।

नवलपुरमा कृष्ण पौडेल इन्चार्ज, धनञ्जय शर्मा अध्यक्ष भएका छन् । उता लमजुङमा प्रतापलाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने सामबाबु अधिकारी अध्यक्ष र हीरा विक सचिव चयन भएका छन्।

सवीन्द्र अधिकारी र सोभियत ढकाललाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिइएको नेपाल पक्षले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७ शुक्रबार ००:००  ८ : २१ बजे