१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

फ्रेन्च लिग वानः नेयमारलाई रातो कार्ड, पीएसजी पराजित



एजेन्सी ।

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १(० गोल अन्तरले पराजित भएको हो ।पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो ।खेलको ९० औं मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।यस्तै इन्जुरी समयमा लिलका थियागोले पनि दोहोरो पहेलो कार्डसहित रातो कार्डसहित रातो कार्ड पाएका थिए ।

यस जितसँगै लिलले लिगमा ३ अंकको अग्रता बनाएको छ । लिलले ३१ खेलमा ६६ अंक जोडेको छ । दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७ आइतबार ००:००  ६ : ०३ बजे