७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राना थारू समुदायको पर्वका लागि सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा



काठमाण्डौँ ।

सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ६ : २९ बजे