१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुलुकका केही स्थानमा आज पनि वर्षा हुने



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पहाडी भू-भागमा बदली रहने छ ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । भोलि (मंगलबार) प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै बाँकी पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ७ : ३२ बजे