१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाल्पामा जीप दुर्घटना, दुईजनाको मृत्यु



पाल्पा ।
पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुईजनाको मृत्य भएको छ। गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ८ : ०९ बजे