८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कर्णाली सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा



सुर्खेत ।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका हुन् ।
यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  २ : १० बजे