२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन



काठमाण्डौँ ।
लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो।

योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २५ चैत्र २०७७ बुधबार ००:००  ७ : ३५ बजे