१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्युठानः आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयो



प्युठान ।
प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।
बुधवार बिहान नौ बजेतिर स्थानीयवासी रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको ज्यान गएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीको भनाइ छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७७ बुधबार ००:००  ३ : ३५ बजे