पत्रकार महासंघ रुपन्देही २० वर्षपछि युनियनको कब्जामा, भत्कियो पौडेलको किल्ला


मायादेवी अनलाइन, चार नम्बर ।

पत्रकार महासंघ रुपन्देहीमा २० वर्षपछि प्रेस युनियनको पल्लाभारी भएको छ । हिजो सम्पन्न चुनावमा प्रेस युनियनले जिल्लाको महासंघ नेतृत्वमा सानदार जित हासिल गरी आफ्नो बर्चस्व कायम गर्न सफल भएको हो ।

प्रगतिशिल लोकतान्त्रिक प्यानलबाट साझा उम्मेदवार बनेका रामराज पोख्रेलको प्यानलले एमाले निकटे प्रेस चौतारीको प्यानलका दिनेश पाण्डेसहतको प्यानलाई हराउन सफल भएको हो ।

साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको छ । लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १६३ मत सहित विजयी भएका छन् । उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले भने १२० मत प्राप्त गर्दै पराजय भोगेका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ साझा प्यानलकी अमृता अनमोल विजयी भएकी छन् । उनले १५९ मत प्राप्त गरेकी छन् । उनकी प्रत्यासी लोकतान्त्रीक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका बलिया दाबेदार स्वस्तिक श्रेष्ठलाई पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन् । परियारले १८५ मत प्राप्त गरेका छन् भने साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् । सहसचिवमा पनि लोकतान्त्रि प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । कुँवरले १६७ मत प्राप्त गरेका छन् भने केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, महिला सदस्यमा लोकतान्त्रीक प्यानकी हरिकला अधिकारी, जनताति सदस्यामा पनि लोकत्रान्त्रीकै राज चौधरी विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

चुुनावमा आगामी नेतृत्वका लागि पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको र पाण्डेको नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो ।

एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीमा आएको यस नतिजालाई धेरैले राजनैतिक अर्थमा पनि बुझेका छन् । चुनाव जित्न मुख्यमन्त्री शंकर पोख्रेल तथा अर्थमन्त्री पौडेलको सचिवालयबाट समेत पत्रकारलाई फोन भए पनि नतिजा त्यस्तो आएन । श्रोतका अनुसार कतिपय स्थितिमा मुख्यमन्त्री र अर्थमन्त्रीबाटै चुनावमा मतदानको लागि पत्रकारलाई आग्रह गरिएको थियो ।

यो नतिजाले विष्णु पौडेललाई ठुलो धक्का लागेको जानकार बताउँछन् । नेकपा फुट र त्यसपछिको एमालेभित्रको आन्तरिक किचलोको प्रत्यक्ष असर रुपन्देही महासंघमा परेको बताइएको छ । त्यसैको कारण २० बर्षदेखिको किल्ला भत्केको विश्लेषण गरिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस