८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतमा विवाह र मृत्युसंस्कारमा समेत मान्छे जान कडाई, कलेज र कोचिङ सेन्टर बन्द



एजेन्सी ।

तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ ।

घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् । यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ८ : ११ बजे