८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कामदार चढेको ट्याक्टर दुर्घटना हुँदा चितवनमा ५ जनाको मृत्यु, दर्जन बढी घाइते



चितवन ।

चितवनको राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्।

आँपपानीमा रहेको राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्किएका कामदार चढेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउडे खोलामा दुर्घटनाग्रस्त भएको थियो। उक्त ट्याक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको र ११ जनाको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अन्यको पूर्वी चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ६ : ०९ बजे