८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गुमनाम माओवादी केन्द्रको अर्थ छैन, एमालेसंगको एकताले जोगिएको थियोः रायमाझी



अर्घाखाँची ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेका प्रवेश गर्नुभएका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादीको हैसियत हराएको बताउनुभएको छ ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारीले राखेको पत्रकार सम्मेलन मन्त्री रायमाझीले २०६४ मा भएको चुनावमा पहिलो पार्टी भए पनि त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी गुमनाम हुने अवस्थामा पुगेको बताउनुभयो । गुमनाम हुने अवस्थामा रहेको पार्टीको नाम फेर्न लाएर दाहालले मोहनविक्रमै लाईन समातेको आरोप लगाउनुभयो ।

मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।मन्त्री रायमाझीले माओवादी केन्द्रका अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै नयाँ सरकार बनाउन अन्य दलसँग सहमति र सहकार्य नभएको जिकिर गर्नुभयो । अहिलेको सरकार तत्काल नढल्ने बताउँदै उहाँले अब देश निर्वाचनतर्फ गएको बताउनुभयो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७ मंगलबार ००:००  ७ : ०८ बजे