४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

स्व.पत्रकार पौडेलको अन्त्येष्टि, जो आगोको मुस्लोमा पनि हाँसिरहे !



मायादेवी अनलाइन, चारनम्बर ।

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको आज अन्त्येष्टि गरिएको छ । बाणगंगा ७ मा रहेको लक्ष्मणघाटमा पौडेलको अन्त्येष्टि गरिएको हो । ४५ बर्षिय पौडेलको शरीरमा २ छोराहरु विनिश र विवेक पौडेलले दागवत्ति दिएका थिए । विहान तौलिहवा जिल्ला अस्पतालमा पोष्टमार्टम गरेपछि घरमा केहीछिन लगेर घाटमा ल्याइ पौडेलको अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टिमा कपिलवस्तुका पत्रकार, राजनीतिज्ञ, मानवअधिकारकर्मी, समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो । सबैले जिल्लाका एक होनहार र श्रमजीवित पत्रकारको ज्यान गएको भन्दै दुख ब्यक्त गरेका छन् । अन्त्येष्टीमा सबैका आँखा रसाएका थिए । पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले एक निष्ठावान पत्रकार गुमाएको भन्दै यो जिल्लाबासीकै लागि ठुलो क्षति भएको महसुष आफूले गरेको बताउनु भयो । पत्रकार चन्द्रकान्त न्यौपानेले पौडेलको निधनले जिल्लाको पत्रकारितामा अपुर्णनीय क्षति भएको बताउनु भयो ।उहाँका २ छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

हिजो साँझ आफ्नो नियमित काम सकेर स्थायी घर बुद्धभूभीको बुड्डी फर्कने क्रममा वडा नम्बर ८ चप्परगाउँमा ना ४ ख ६२१७ नम्बरको ट्रकले पौडेल सवार लु ५९ प ६४४१ मोटरसाइकललाई लाई ठक्कर दिएको थियो । त्यसपछि उहाँको घटनास्थलमै करिब साझँ मृत्यु भएको थियो । अहिले ट्रक र चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छन् ।

अन्त्येष्टिमा सहभागि भएका केहीले उहाँ आगोको मुस्लोमा पनि हाँसिरहेको देखेको बताए । जस्तोसुकै कठिन स्थितिमा पनि सदैव हाँसेर प्रस्तुत हुने स्वभावका स्वर्गिय पौडेललाई शव जलिरहेको आगोको मुस्लोमा पनि हाँसेको आफूले देखेको पत्रकार विकास बञ्जाडेले मायादेवीसंग बताउनु भयो । यस्तै अन्यले पनि पत्रकार पौडेले सधैँभरी हाँसिरहने, मुस्कुराईरहने भएकाले शव जलिरहँदा पनि त्यस्तै स्मृतिको याद आइरहेको भन्दै भावुक भएका थिए । पत्रकारितासंगै उहाँले मानवअधिकारको क्षेत्रमा पनि इन्सेक प्रतिनिधि भएर जिल्लामा लामो समयसम्म काम गर्नु भएको थियो ।

उहाँ सबैसंग मिल्ने मिलनसार, कसैसंग दुश्मनी नसाँध्ने स्वभावको हुनहुन्थ्यो । पत्रकारिताको २ दशकीय इतिहासमा कुनै दाग नलागेका स्वर्गिय पत्रकार पौडेल भने जिल्लामा सधैँ छाँयामा नै रहनु भएको बताइन्छ । काम गरेका भए पनि बिभिन्न कारणले उहाँलाई पछि पारिएको सबैले महसुष गरेका छन् । यति लामोसमय पत्रकारिता गरे पनि नेतृत्व नपाउनु दुखद भएको स्वयमर पत्रकारहरु बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०७८ बुधबार ००:००  ५ : ०० बजे