५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दाजु टेकराजको भावुक स्टाटसः कसरी लेखुँ तिमी यो सन्सारमा छैनौ भनेर ?



मायादेवी अनलाइन, चारनम्बर ।

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको बाणगंगा ७ मा रहेको लक्ष्मणघाटमा पौडेलको अन्त्येष्टि गरियो । अन्त्येष्टिमा सयौँको सहभागिता रहेको थियो । ४५ बर्षिय पौडेलको शरीरमा २ छोराहरु विनिश र विवेक पौडेलले दागवत्ति दिइरहँदा उहाँका दाजु टेकराज पौडेल लगायत भावुक हुनुमात्र भएन सबैका आँखाबाट बलिन्धारा आँसु बगिरहे । अहिले परिवार पुरै शोकमा डुवेको छ । भाइको मृत्युले शोकमा डुवेका दाजु टेकराजले आफ्नो फेसबुकमा भावुक स्टाटस लेख्नु भएको छ । भाइले समाजको लागि के योगदान दिएको रहेछ ? के कमाएकामको रहेछ भन्ने कुरा पुष्टि भएको भन्दै आफ्नो फेसबुकमा निकै भावुक स्टाटस लेख्नु भएको छ । यहाँ जस्ताको तस्तै साभार गरिएको छ ।

उहाँ लेख्नुहुन्छ “कसरी लेखुँ तिमी यो सन्सारमा छैनौ भनेर?
बिस्वास नै लाग्दैन हामिलाई छोडेर यति छिट्टै ब्रह्मलिन हुन्छौ भनेर ।।
सधै अरुका दुर्घटनाका समचार लेख्थ्यौ ।
आज तीन देखि आफै समाचार बनिरहेका छौ दुर्घटनाका ।।
मलाई अझै बिस्वास लागेकै छैन “काइलदाई भन्दै ।
कहिबाट बोलाईरहेकै छौ कि झैँ लाग्दछ ।।
बिबेक, बिनिश र बिनिषाको सन्निकट पर्न सक्दिनँ । उनीहरुको मनमा के खेलिरहेको होला किशोरावस्थामा। पितृबात्सल्यको अभाब हुने डरले भयभित छ होला मन पनि ।
तोते बोली सिक्दै गर्दा बाउआमालाई अंकल आन्टी भन्थ्यौ ।
मलाई बुवा र ठुली आमालाई आमा भनेको मानसपटलमा ताजै छ ।
बरु आज भोलि बाउलाई डेडि र आमालाई मम्मी भन्छौ । हामिलाई बुवाआमा भन्न छोडेका छैनौ ।
त्यही “बुवा आमा“ शब्द गहिरो भाव बोकेको रहेछ !
त्यसको बोधले हो कि म मा बात्सल्य छचल्किएर द्रवीभूत छु ।
ड्याडिको न्यास्रो त पुरा नहोला तर तिमीहरुले बुवा भन्नको लागि पनि त छु नि ! बिस्वास गर मन बुझाउ छोराछोरी हो ।
मन बुझाउने बाटो न हो ।
भाइ !!नन्दराम !!
तिमिले अल्पायुमै धेरै आर्जन गरेका रहेछौ ।
तिम्रो अन्तिम यात्रमा सहभागिताले त्यो पुष्टि गरेको छ ।मान्छेले कमाउने त्यति मात्र जो आफू समाधिमा पुग्दा।
कति सहभागी भए ?कतिका परेलिमा आँसु छचल्किए ?
तिमी पत्रकारीताको नाममा पित पत्रकारीता गरेनौ । मानबाधिकारी बनेर आफू भिन्दै लोकको प्राणी हँु भन्ने भ्रममा रहेनौ ।
तिम्रो सादगिपन तिम्रो सरलता तिम्रा चिनारी भएका छन । तर पनि हाम्रो परिवारले ब्यहोरेको यो क्षति निकै भयानक छ ।
क्षतिपूर्ति हुन सक्दैन भाइ हार्दिक श्रद्धाञ्जली अन्तिम श्रद्धाञ्जली ।“
आइलब यु मेरो भाइू
अल बिदा मेरो भाइ !!

दाजु टेकराज

May be an image of 1 person and text that says 'Protect Your Community wash my hands & avoid large crowds #COVID19'

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  १० : १४ बजे