२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कोरोनाका कारण दाङकी ३७ वर्षीया महिलाको बाँकेमा मृत्यु




दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं। ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो।

त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शनिबार बिहान १स्२७ बजे बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।


यो सँगै बाँकेबाहेकका बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका ९४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ११ : २२ बजे