८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बाख्रा फार्ममा आगलागी हुँदा ६० लाखको क्षति



झापा
बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो।

आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना जल्दा करिब ६० लाख रूपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।

विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो। इँटा, काठ र छिनको छानोले बाख्राफार्म निर्माण भएको थियो। आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ। इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७८ आइतबार ००:००  १२ : ०६ बजे