८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

केपी ओलीको पराजय कर्णालीबाट सुरु भइसकेको : प्रचण्ड



चितवन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्। माडी नगरपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रचण्डले असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरु भइसकेको र अब त्यो हार सबैतिर पुग्‍ने पनि बताए। उनले भने, अब छिट्टै गण्डकी र लुम्बिनीमा पनि ओलीको हार हुन्छ। मलाई लाग्छ त्यसअघि संघमा नै ओलीको हार हुन सक्छ।

ढल्नै लागेको कर्णाली प्रदेश सरकारलाई एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्र नेतृत्वको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए।

गेम चेञ्जर बनेका एमालेका सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्वीप उल्लंघन गर्दै चार मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए।

ओलीले आफूलाई सडकमा पुर्‍याउने भनेर तार्गेट गरे पनि सफल हुन नसकेको पनि प्रचण्डले बताए। प्रचण्ड आज माडीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्।

प्रकाशित मिति : ५ बैशाख २०७८ आइतबार ००:००  १ : २१ बजे