८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लुम्बिनी प्रदेशः अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन जना मन्त्रीमा नियुक्त



बुटवल ।
लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन्।

पोखरेलले मन्त्रिमण्डलमा थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन्।

सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पनाले शिक्षा तथा सामाजिक विकास मन्त्रीको सपथ लिए। रायमाझी भने राज्यमन्त्री हुन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन्। राज्यमन्त्री रायमाझीले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्रीबाट सपथ ग्रहण गरिन्।

सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए।

आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  ५ : ०१ बजे