२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जसपा एकताको रक्षा गर्न बाबुराम भट्टराईको अपिल



काठमाडौं
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी ९जसपा० एकतालाई रक्षा गर्न अपिल गरेका छन्।

जसपा स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टीको रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्‍याउनुपर्ने भन्दै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने बताएका छन्।

डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता अभियन्ता, समर्थक र जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना। हिमाल पहाड तराई मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्‍याऔं’

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकीकरण हुँदै जसपा स्थापना भएको थियो। अहिले जनता समाजवादी पार्टी फुटको संघारमा छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई समर्थन दिँदै सरकारमा जाने पक्षमा छन्। अर्का अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष भट्टराई भने ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन्।

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  ११ : २४ बजे