८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोनाविरुद्धको लडाइँमा परिचालित हुन पार्टी कमिटीलाई एमालेको निर्देशन



काठमाडौं ।

नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो ।बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।
पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  १ : ०१ बजे