८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा



काठमाडौं ।
कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद अधिकारीले जानकारी दिए। उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  १ : २४ बजे