८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सरकारमाथि नै अटेरी गरी अर्घाखाँचीका दुइ पालीकाले परीक्षा सञ्चालन गर्ने



अर्घाखाँची ।
कोरोनाको जोखिम बढेसँगै केन्द्र सरकारले सबैखाले परीक्षाहरु स्थगित गरी अनलाइन सिकाइलाई जोड दिने निर्णय गरेपनि अर्घाखाँची जिल्लाका दुई स्थानीय तहले परीक्षा सञ्चालन गर्ने भएका छन्।

शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकाले सवै खालका परीक्षा र भौतिक कक्षा स्थगित गरेका छन् भने भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकाले परीक्षा संचालन गर्ने निर्णय गरेका छन्।

सन्धिखर्क नगरपालिकाले १४ गतेदेखि १८ गतेसम्म विद्यार्थीहरुलाई परीक्षा तयारी विदा दिएको छ भने १९ गतेदेखि परिक्षा संचालन हुने जनाएको छ। भौतिक दुरी कायम गरी स्वास्थ्य सावधानीका साथ परीक्षा संचालन गर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख युगलनारायण बसेलले बताए।

नगर प्रमुख कमल प्रसाद भुसालले पर्ख र हेरको अवधारणा अनुसार अघि बढ्ने बताए। उनले भने , कोरोनाको लहर अनुसार बन्द गर्ने वा परीक्षा संचालन गर्ने यो हप्ताको तथ्यांकले बताउने बताए। भूमिकास्थान नगरपालिकाले कक्षा १ देखी ५ सम्म आज ९मंगलवार० बाट परीक्षा संचालन गर्दैछ।

सबै विद्यार्थीहरुको परीक्षा एकसाथ संचालन गर्दा समस्या हुनसक्छ , भूमिकास्थान नगरपालिकाका शिक्षा शाखा अधिकृत तुवलाल सापकोटाले भने, भौतिक दुरी कायम गरी स्वास्थ्य सावधानी सहित कक्षा १–५ को परीक्षा संचालन हुन्छ। नगर प्रमुख रेशम थापाले सावधानी अपनाएर तीन सिफ्ट परीक्षा संचालन गरिने बताए।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  १२ : १३ बजे