४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त



बुटवल ।
केही दिनअघि मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसद पदमुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पोखरेलले चार जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए। मन्त्री बनेका चार मध्ये तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षरसमेत गरेका थिए।

प्रदेशसभाले बिहिबार सूचना प्रकाशित गर्दै चारजना सांसद पदमुक्त भएको जानकारी गराएको हो। जसपा संसदीय दलको बैठकले चार सांसदलाई कारबाही गरेको पत्र बुझाएको थियो। भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका बिजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन रायमाझी शर्माको संसद पद गुमेको हो।

चार सांसदको निलम्बनसंगै लुम्बिनी प्रदेशसभामा ६ जना सांसदको पद खाली भएको छ। यसअघि माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएका छन्। चार सांसदको पद रिक्त हुँदा सरकारमा नेकपा एमालेको एकल बहुमत पुगेको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ७ : ०७ बजे