७ असार २०८३, आइतबार | Sun Jun 21 2026

डा विकास देवकोटालाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी



काठमाडौं ।
सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ। सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।

लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो।

सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने जानकारी दिए। उनले कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको जानकारी दिए।

प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको विषयलाई स्वास्थ्य क्षेत्रका कर्मचारीले खुलेर स्वागत गरेका छन्। उनीहरुले अन्य प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना हुनुपर्ने धारणा राखेका छन्। प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाउनु समग्र स्वास्थ्यकर्मीको मनोबल बढाउने काम भएको भन्दै सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीले लेख्दै आएका छन्।

यसका साथै कोरोना संकटको यो समयमा संघीय स्वास्थ्य मन्त्रालयमा पनि स्वास्थ्य सेवा तर्फकै कर्मचारी सचिव हुनुपर्ने माग पनि स्वास्थ्यकर्मीले राख्दै आएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ८ : १९ बजे