१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

चट्याङ्ग लागेर रोल्पामा एक बालकको ज्यान गयो, दुई घर जले



रोल्पा ।
रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । दुई वटा घर जलेका छन् । चट्याङ्ग लागेर सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षका अभिशेख पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर बालकको ज्यान गएको र आमालाई सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो ।

चट्याङ्गबाट आगो लाग्न सुरु हुँदा परिवर्तन गाउँपालिका-२ बागमाराका अमन कुमारी राना र त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घरमा आगलागी भएको छ । आगलागीबाट घरसहित घरमा भएका सामान जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  १२ : ४१ बजे