१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमि बन्यो स्व-मूल्याङ्कन घोषणा गर्ने पहिलो स्थानीय तह, प्रदेशको चौथो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन घोषणा गर्ने जिल्लाको पहिलो, लुम्बिनी प्रदेशको चौथो तथा देशभरको ११ औं स्थानको स्थानीय तह बनेको छ । उक्त स्व-मूल्याङ्कन कार्यविधिले तोकेका विभिन्न १० विषय क्षेत्रमा भरेर सम्बन्धित ठाउँमा पेश गरिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।

नगरपालिकाबाट सम्पादन गरिने कामकारबाहीलाई व्यवस्थित, योजनाबद्ध, प्रभावकारी, जनताले अनुभूति गर्ने गरी सम्पादन गर्ने अवस्थाको सृजना गर्ने/गराउने प्रयोजनका लागि स्व-मूल्याङ्कन गरिन्छ ।

कार्यविधिले विज्ञको रोहबरमा स्व-मूल्याङ्कन गर्ने परिपाटीको व्यवस्था गरेको छ । स्व-मूल्याङ्कनबाट प्राप्त नतिजाले नगरपालिकाको अवस्था सन्तोषप्रदक रहेको तर सुधारको प्रशस्त गुञ्जायस देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

आव ०७६/०७७ मा नगरपालिकाबाट सम्पादित कार्यहरुबाट नगरपालिकाले विभिन्न अंक प्राप्त गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

जसमा सबैभन्दा राम्रो अंक शासकीय प्रबन्धमा प्राप्त गरेको छ । ९ अंक भारको यो क्षेत्रमा नगरपालिकाले ७ अंक पाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । १० शिर्षकका क्षेत्रमा १ सय अंक भार रहेको स्व मूल्याङ्कनमा बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एव्म आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणमा राम्रो प्रगति देखिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८ बुधबार ००:००  ४ : २७ बजे