बाणगंगा ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको आयोजनामा नयाँ सदस्य अभिमुखीकरण कार्यक्रम शनिबार बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित होराइजन सेकेन्डरी स्कुलमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष रोटरियन रोमकान्त घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३९ जना रोटरियन तथा सदस्यहरूको सहभागिता रहेको थियो। नवप्रवेशी सदस्यहरूलाई रोटरीको इतिहास, उद्देश्य, मूल्यमान्यता, संस्थागत संरचना, नेतृत्व विकास तथा सामाजिक सेवामा सदस्यहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा डिस्ट्रिक्ट भोकेसनल ट्रेनिङ चेयर रोटरियन वासुदेव घिमिरे तथा जोन ३३ का असिस्टेन्ट गभर्नर रोटरियन मोहनप्रसाद बेल्बासेले सहजीकरण गर्नुभएको थियो। रोटरीका आधारभूत मूल्य–मान्यता, सेवाभाव, नेतृत्व, विविधता र आपसी सहकार्यको महत्त्वबारे प्रकाश पार्दै सदस्यहरूलाई समुदायको हितमा सक्रिय भएर काम गर्न प्रेरित गरिएको थियो
कार्यक्रममा क्लबले हालसम्म सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधिहरूबारे जानकारी गराइएको थियो। वृक्षरोपण ,भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई सहयोग, चालक तथा सहचालकहरूका लागि सघन सचेतना कार्यक्रम र शान्ति दीप प्रज्वलन कार्यक्रम सञ्चालन गरिएको विषयलाई विशेष रूपमा स्मरण गरिएको थियो।
क्लबका यी गतिविधिले विपद्का समयमा मानवीय सहयोग पुर्याउने, सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा समाजमा शान्ति, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यलाई प्रतिबिम्बित गरेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष घिमिरेले रोटरीका मूल्यमान्यतालाई व्यवहारमा उतार्दै समाजको आवश्यकता र क्लबको कार्ययोजनाअनुसार आगामी दिनमा पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले क्लबका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण रोटरियन, पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता र आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष रोमकान्त घिमिरेले कार्यक्रमलाई सहजीकरण गरी महत्त्वपूर्ण योगदान पुर्याउनुहुने रोटरियन वासुदेव घिमिरे र रोटरियन मोहनप्रसाद बेल्बासेलगायत उपस्थित सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक रोटरियन नरेश पौडेल रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव रोटरियन हेमन्त थापाले गर्नुभएको थियो।
कार्यक्रमले नवप्रवेशी सदस्यहरूलाई रोटरीको उद्देश्य, संस्थागत जिम्मेवारी र सेवाभावबारे थप स्पष्टता प्रदान गर्नुका साथै क्लबका आगामी गतिविधिहरूमा सक्रिय सहभागिताका लागि प्रेरित गरेको विश्वास गरिएको छ।
‘आफूभन्दा माथि सेवा’(Service Above Self) भन्ने मूल आदर्शलाई आत्मसात् गर्दै रोटरी क्लब अफ कपिलवस्तु मिड(टाउनले समुदायको आवश्यकता पहिचान गरी मानवीय सेवा, सामाजिक विकास र सकारात्मक रूपान्तरणका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
२४ आश्विन २०८३ शनिबार ००:००
20
Shares










प्रतिक्रिया