२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

माछा मार्न गएकी पुष्पाको गोहीको आक्रमणबाट मृत्यु



गुलरिया । बर्दियामा माछा मार्न नदीमा गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परी मधुवन नगरपालिका–३, कोठियाघाटकी ५० वर्षीया पुष्पा लामिछानेको मृत्यु भएको हो ।

स्थानीयका अनुसार लामिछाने शुक्रबार बिहान माछा मार्न नदीमा जानुभएको थियो । दिउँसोसम्म घर नफर्किएपछि उहाँको खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो ।

खोजीका क्रममा लामिछानेको शव शुक्रबार राति १० बजे नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०८३ शनिबार ००:००  ११ : १६ बजे