१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा जेष्ठ १० गतेसम्म थपियो बन्दाबन्दी



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको बन्दाबन्दी (लकडाउन) जेष्ठ १० सम्म लम्बिने भएको छ । आज बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो ।

अबको बन्दाबन्दी अहिलेको भन्दा अझ कडा हुने प्रशासनले विज्ञप्ति मार्फत जनाएको छ । हाल विहान ९ बजे देखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय पसल सञ्चालन भैरहेका छन् । सो पसलसम्म पुग्नका लागि सर्वसाधारणले आफ्नो नीजि सवारी प्रयोग गर्दै आएका छन् । अब देखि भने अनूमति लिएका भन्दा अरु सवारी साधन चलाउन नपाइने र त्यसको अनुगमन हुने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले मोटरसाइकल चलाउनमा थप कडा गर्ने भएको हो ।

यस्तै सबै स्थानीय तहहरुले बन्दाबन्दीको पलनाका लागि प्रचार प्रसार गर्ने भएका छन् । घरघरमा बसेका कोरोना संक्रमितको निगरानी गर्नका लागि वडा कार्यालयबाट स्वास्थ्यकर्मी खटाउने डिसिसिएमसीले निर्णय गरेको छ ।

कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढीरहेको छ । मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  २ : १३ बजे