१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अलविदा सञ्जय थारु !



मायादेवी अनलाइन, चारनम्बर ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका कार्यक्रम प्रस्तोता सञ्जय थारुको निधन भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ कोपवा घर भएका थारुको आँपको रुखबाट खसेर विहीबार निधन भएको हो ।

घरकै आँपको रुखमा आँप टिप्न चढ्नुभएका चौधरी लडेर घाइते हुनुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि भैरहवा लगिएको थियो । त्यहाँ अक्सिजनको अभाव भएपछि उहाँलाई पुनः वुटवल उपचारका लागि ल्याउने क्रममा निधन भएको पारिवारलाई उदृत गर्दै पत्रकार सरिता थारुले जानकारी दिनुभयो ।

रुखबाट खसेपछि उहाँको निधार र छातीमा गम्भीर चोट लागेको कारण उहाँलाई रगतको कम थियो भने अक्सिजनको लेवल पनि एकदमै कम रहेको जनाइएको छ ।

थारु विगत दुई बर्ष यता रेडियो मायादेवीमा थारु भाषाको साहित्यिक कार्यक्रम ‘मनके लहर’ र ‘ऐना’ सञ्चालन गर्नुहुन्थ्यो । गत बर्ष कोरोना भाइरसको महामारी यता उहाँको रेडियो कार्यक्रम रोकिएको थियो ।

थारु भाषा साहित्यमा राम्रो दख्खल राख्ने थारु सिद्धार्थ क्याम्पसमा अंग्रेजी विषयबाट स्नातक तहमा अध्ययन गरिरहनुभएको थियो ।

थारु पत्रकार संघ कपिलवस्तुमा आवद्ध उहाँले यस भन्दा अगाडि सामुदायिक रेडियो बुद्धआवाजमा पनि काम गर्नुभएको थियो । स्वर्गीय थारुको आमा, बुवासंगै एक दाई र एक दिदी हुनुहुन्छ ।

उहाँ धार्मिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो । थारु समुदायमा उहाँलाई साँधुको रुपमा चिन्थे । अन्दाजी २४/२५ बर्षीय थारुको निधन प्रति सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले दुःख व्यक्त गरेको छ । रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले एक शोक बक्तव्य जारी गर्दै स्वर्गीय थारु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ४ : ०२ बजे