१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीमा निषेधाज्ञा १० दिन थप गर्ने निर्णय



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा डिसिसिएमसीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न डिसिसिएमसीको आयोजनामा बसेको बैठकले कोभिड- १९ को दोस्रो कहर तिव्र रूपमा बढेसंगै शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि जेष्ठ १० गते राति १२ बजे सम्मका लागि दश दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताए ।

यस अघि यहीँ बैशाख २० गते राती १२ देखि बैशाख ३१ गतेसम्म अर्घाखाँचीमा निषेधाज्ञा जारी गरिएको थियो । बैठकले अत्यावश्यक काम बाहेक कहीँ कतै घर बाहिर ननिस्कन समेत अपिल गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ३ : २३ बजे