१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चुरे दोहनः शीतगंगाको युवा संघले रोक्यो निकासी



मायादेवी अनलाइन, जितपुर ।
अर्घाखाँचीको शीतगंगा १४ पावरा-विक्रम गाँउ नजिकै भैरहेको चुरे दोहनलाई युवा संघ शीतगंगा नगर कमिटीले रोकेको छ । शनिबार दिउँसो नगरको युवा संघको टोली चुरे दोहन भैरहेको स्थानमा पुगेर दोहन रोकेको बताइएको छ ।

युवा संघका शीतगंगा नगर अध्यक्ष तिलक अधिकारी र सचिव हरि खनालको नेतृत्वमा पुगेको टोलीले चुरे दोहन गर्ने टिपर र स्काभेटरको साचो कब्जा गरेको र पछि निकासी नगर्ने शर्तमा फिर्ता गरेको जनाइएको छ ।

नगरले नियम विपरित ठेकेदारलाई स्काभेटर प्रयोग गर्ने अनुमती दिएको गुनासो ठेकेदार पक्षबाट आएको हुदाँ यो विषयमा नगर जिम्मेवार हुनुपर्ने बताउदै अटेरी गरेर अव पनि मनपरि दोहन गरे त्यसको जिम्मा समेत नगरले दिनुपर्ने युवा संघले चेतावनी दिएको छ ।

उनीहरुले तत्काल घाटगद्धिमा संकलन भएको नदीजन्य पदार्थ स्थानीय, युवा, तथा सरोकारवालाको रोहबरमा नाप जोख गरी विवरण सार्वजनिक समेत गर्नुपर्ने माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

विक्रम पावरामा चुरेको निर्णय लत्याउदै नदीमा तीव्र दोहन, पत्रको वेवास्ता

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ७ : २८ बजे