२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

प्युठानमा आगोलागीबाट ७ घर गोठ जलेर नष्ट



विष्णु कुमार आले, अर्घाखाँची ।

प्युठानको ऐरावती गाउँपालीकामा आईतबार आगोलागी हुदा ७ घर गोठ जलेर नष्ट भएको छ । ऐरावती गाउँपालीका वडा नम्बर १ निवासी श्याम बहादुर आले, बल बहादुर घर्ती, हिरा बहादुर सारू,पदम बहादुर सारू, राम बहादुर घर्ती र नुम बहादुर सारूको सात घर गोठमा आगो लागि हुँदा लाखौंको क्षति भएको छ ।

घरमा कोहीँ नभएको बेला श्याम आलेको घरबाट सल्केको आगोले ठूलो रूप लिएपछि घरमा भएका अन्नपात, लत्ताकपडा, गरगहना, नगद सहित अन्य जिन्सी सामानहरू पुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिए ।

घटनाको मुचुल्का गरेपछि कति क्षेति भएको हो भन्ने बारे जानकारी हुने प्रहरीले जनाएको छ । आगलागी बाट कुनै मानविय क्षेती भएको छैन भने श्याम आलेको आगोले डढेर एउटा राँगो मरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  ६ : १२ बजे