१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (माओबादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताउनुभयो ।

पाण्डे तौलिहवाका बासिन्दा हुनुहुन्छ । उहाँको शरीरका दुई स्थानमा गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै उहाँलाई कपिलवस्तुमा उपचार हुन नसके पछि बुटवल लगिएको स्रोतले बताएको छ ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् । यस बारेमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

यता माओबादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटना आफुहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताउनुभयो । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताउनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ७ : २४ बजे