६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

माओबादी केन्द्र कपिलवस्तुद्धारा गोली प्रहार गर्ने माथि कडा कारबाहीको माग



मायादेवी अनलाइन, तौलिहवा ।
नेकपा (माओबादी केन्द्र) कपिलवस्तुले पार्टीका जिल्ला सदस्य दिपक पाण्डेमाथि भएको गोली प्रहारका दोषिलाई तत्काल प्रकाउ गरी कानुनी कारबाहीको माग गरेको छ ।

पार्टीका जिल्ला सचिव रामचन्द्र शाहले विज्ञप्ति निकालेर गएराति कपिलवस्तु नगरपालिकाको गोवरीबाट घर जाने क्रममा अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको र उक्त घटनामा संलग्न अपराधिहरुको यथाशिघ्र छानविन गरी दोषि माथि हदैसम्म कारबाहीको माग गर्नुभएको हो ।

साथै गोली प्रहारबाट घाइते पाण्डेको भैरहवामा उपचार भैरहेको पनि पार्टीले जनाएको छ । उहाँको स्वास्थ्य स्थिति खतरामुक्त रहेको भन्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि माओबादी जिल्ला पार्टीले गरेको छ ।

May be an image of 1 person

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : ५९ बजे