८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना पुष्टि भएका लुम्बिनीका मन्त्री श्रीवास्तवलाई काठमाडौं लगिदै



बुटवल ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री धर्म बहादुरलाल श्रीवास्तवलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार स्वाब परीक्षण गरेका मन्त्री श्रीवास्तवको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ।

ज्वरोसँगै छातीमा समस्या देखिएपछि एक्सरे गर्दा छातीमा इन्फेक्सन देखिएको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री श्रीवास्तवका स्वकीय सचिव आकाश पाठकले एक्सरे रिपोर्टमा छातीमा अलि बढी इन्फेक्सन देखिएपछि काठमाडौं लैजाने तयारी गरिएको बताए।

गत वैशाख १९ गते विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका श्रीवास्तवले पछि भूलबस हस्ताक्षर गरेको भन्दै एमालेमै रहेको विज्ञप्ति प्रकाशित गरेका थिए।

कपिलवस्तुको निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित श्रीवास्तव वैशाख २१ गते मुख्यमन्त्री पोखरेलले तेस्रोपटक गरेको मन्त्रिमण्डल विस्तारपछि सामाजिक विकासमन्त्री भएका थिए।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ०७ बजे